पत्नीको उपचारको लागि प्रचण्ड सिंगापुर प्रस्थान



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार सिंगापुर प्रस्थान गरेका छन्।

 

प्रचण्ड पत्नी सीताको उपचारको लागि सिंगापुर प्रस्थान गरेका हुन् । प्रचण्ड–सीताको साथमा छोरी गंगा पनि गएकि छन् । उनीहरु राति ९ बजे त्यता प्रस्थान गरेका हुन् ।

 

सिंगापुर जानुअघि प्रचण्ड पार्टीका विभिन्न पदाधिकारी, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलार्इ भेट्न पुगेका थिए ।

 

छोरा प्रकाशको मृत्युपछि सीता पटकपटक बिरामी हुँदै आएकी छिन्। उनी सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन्। गत असारमा पनि उनलाई सिंगापुरमै उपचार गरिएको थियो। त्यसअघि उनको उपचार भारतमा गरिएको थियो।

उनीहरु कहिले फर्किने भन्ने टुंगो नलागेको चेतन सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्