कांग्रेसमा दुई थरी सदस्यताकै लबिङ



काठमाडौं : विधानमाथि छलफल गर्दै कांग्रेसका केन्द्रीय सदस्यहरूले दुई थरी सदस्यतालाई नै लागू गर्न सुझाव दिएका छन् । महासमितिमा प्रस्तुत हुने विधानको मस्यौदामाथि छलफल गर्दै शुक्रबार बोल्ने लगभग सबै सदस्यले दुई थरी सदस्यताले नै पार्टीलाई सक्रिय र जविन्त बनाउने टिप्पणी गरेका हुन् ।

विधानको प्रस्तावित मस्यौदामा कांग्रेसको सदस्यता दिने र एक वर्षमा नवीकरण गर्दा क्रियाशील सदस्यता पाइने उल्लेख छ । यसअघि साधारण सदस्यता लिएको दुई वर्षमा मात्र क्रियाशील सदस्यता दिने प्रावधान थियो ।

साथै, समावेशी क्लस्टरअनुसार केन्द्रीय सदस्यको संख्या बढाउँदा पदाधिकारी पनि बढाउनुपर्ने सदस्हरूको जोड छ । शुक्रबार डा। चन्द्र भण्डारी, बालकृष्ण खाण, नरहरि आचार्य, कमला पन्त, पुष्पा भुसाल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले धारणा राखेका थिए । 

बोल्नेमध्ये अधिकांशले केन्द्रीय सदस्य र सांसदलाई बुथबाटै चुनिएर आउने व्यवस्था उचित नभएको भन्दै सच्चाउन माग गरे । अर्को बैठक आइतबार बस्ने गरी बोलाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्