कर्णाली प्रदेशमा विषादी प्रयाेगशाला स्थापना गर्न डेढ कराेड



वीरेन्द्रनगर :  कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि डेढ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

 

कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख बजेट छुट्याएको हो। दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम सुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

 

बाहिरी जिल्लाबाट कर्णाली भित्रिने तरकारीलगायतका वस्तु परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागिएको उनले बताए । सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र प्राङ्गारिक कृषि विस्तार र रैथाने बाली संरक्षण गर्ने निर्णय गरेको थियो। 

 

‘हाम्रो पहिलो लक्ष्य विषादी प्रयोग भएका वस्तु कर्णाली प्रदेशमा भित्रिन नदिने हो, यसका लागि दुई वटा मुख्य नाकामा प्रयोगशाला स्थापना गछौं’ कृषि मन्त्री केसीले भने, ‘यसका लागि प्रदेशलाई प्राङ्गारिक बनाउनका लागि अन्य कार्यक्रम पनि ल्याएका छौं।’ उक्त कार्यका लागि मन्त्रालयले कर्णाली प्रदेश प्राङ्गारिक बाली वस्तु उत्पादन र नियमनसम्बन्धी ऐनको मस्यौदा पनि गरिरहेको छ। 

 

त्यसैगरी मन्त्रालयले मुगुको खत्याड र सोरु गाउँपालिका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको सिंजा क्षेत्र, हुम्लाको ओदानचुली र ताजाकोट गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, रुकुमको आठबीसकोट नगरपालिका, सल्यानको कुमाख गाउँपालिका र सुर्खेतको सिम्ता गाउँपालिकामा प्राङ्गारिक नमुना प्रयोगशाला निर्माण गर्ने तयारी गरेको छ। 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको