कानूनको अन्तर्य खोतलिने



काठमाडौं : संघीय संसद्ले ऐन कार्यान्वयनको अध्ययन, अनुसन्धान र मापन गर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकले यसका लागि कार्यविधिसमेत पारित गरेको छ । 

संसदीय अभ्यासका रूपमा गरिने अध्ययनले ऐनहरूको मनसाय र उद्देश्यअनुरुप सही कार्यान्वयन भएको वा नभएको बारेमा प्रतिवेदन बनाउनेछ ।

ऐनका कारण भएको सुविधा असुविधा, ऐनमा दिइएको अधिकारको उचित वा अनुचित प्रयोग, कार्यान्वयनमा समानता वा भेदभावलगायतका विषय अध्ययन गरिने बताइएको छ ।

निरन्तर गरिने यस्ता अध्ययनको प्रतिवेदन राष्ट्रियसभामा कम्तीमा वर्षको एकपटक प्रस्तुत गरिने कार्यविधिमा उल्लेख छ । 

समितिमा नेकपाका तर्फबाट शेरबहादुर कुँवर, ठगेन्द्र पुरी र उदया शर्मा, नेपाली कांग्रेसका तर्फबाट जीतेन्द्र देव, बद्री पाण्डे र अनिता देवकोटा तथा राजपा नेपालका तर्फबाट बृषेशचन्द्र लाललगायत छन् । 

प्रतिक्रिया दिनुहोस्