केरा लैजाउँ पावर लिएर अाए गेमराज गिरी



काठमाडौं: गायक गेमराज गिरीको नयाँ गीत  ‘केरा लैजाउँ पावर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। स्व. भुपेन्द्र गिरीको शब्द–संगीत रहेको टप्पा भाकामा तयार गीतलाई गायक गिरीले रिमेक भर्सनमा सार्वजनिक गरेका हुन्।

 

गीतको भिडियोमा मोडल प्रकाश सपुत, अञ्जली अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। करण चाैसिरको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन्। 

 

यसअघि गायक गिरीको ‘तिमी जवान, म नि जवान’ बोलको गीत स्रोता–दर्शकमाझ चर्चित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्