मिलीलाको पोष्टमा रियलको आधा दर्जन गोल



एजेन्सी : रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा दोस्रो डिभिजनको क्लब मिलीलालाई ६–१ गोलले हराउँदै समग्रमा १०–१ गोल अन्तरले  रियल अन्तिम १६ मा पुगेको हो । 

एकतर्फि बनेको खेलमा रियलको जितमा मार्को एसेन्सियो र इस्कोले २–२ गोल गरे । पहिलो लेगमा चार शून्यको जित निकालेको रियलले सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको थियो ।

तर ३३ औं मिनेटमा मार्कोको गोलमार्फत खेलमा अग्रता बनायो । त्यसको दुई मिनेटपछि फेरी मार्कोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमका अग्रता दुई शुन्यमा पुर्‍याए ।

३९ औ मिनेटमा मार्कोको पासमा हाभियर सान्चेजले गोल गर्दै रियलले तीन शून्य बनायो । पहिलो हाफमा तीन गोलले अगाडि रहेको रियलले ४७ औं मिनेटमा चोथौ गोल गर्‍यो । यसपटक इस्कोले उसकालागि गोल गरे । गोलको वर्षा भएको खेलमा रियलको गोलको क्रम यतिमा रोकिएन ।

७५ औं मिनेटमा भिनिसियर जुनियरले रियलका लागि पाँचौ गोल गरे । ८१ औ मिनेटमा मिलीलाले एक गोल फर्काएपनि ८२ औं मिनेटमा फेरी इस्कोले रियलका लागि छैटौ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्