सिरी एमा इन्टरमिलानलाई हराउँदै युभेन्टस विजयी



काठमाडौं: इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानलाई हराउँदै  युभेन्टस विजयी भएको छ । १५ खेलमा १४ जित र एक बराबरी खेल्दै युभेन्टसले सिरिएमा ११ अंकको अग्रता लिन पनि सफल भएको हो ।

 

युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि मारियो मान्जुकिचको एक मात्र गोल निर्णायक बन्यो ।  ६६औं मिनेटमा क्रोएसियाली स्ट्राइकर मान्जुकिचले हाओ क्यान्सेलोको क्रसलाई गोलमा परिणत गरेका थिए । तर त्यसअघि इन्टरमिलानले केही राम्रा मौका पाएको थियो ।

 

पहिलो हाफअघि रोबर्टो गाग्लिायार्दिनीको प्रहार पोस्टमा लाग्न पुगेको थियो भने  ब्लेस माटुइडीको गम्भीर गल्तीलाई माटेओ पोलिटानोले गोल गर्न सकेनन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले भने हिजोको खेलमा गोल गर्न सकेनन् ।

 

युभेन्टसले ४३ अंक बनाएको छ भने इन्टर मिलानको २९ अंक सहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको नेपोलीले ३२ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्