राजपासँग पार्टी एकीकरण गर्न फोरमकाे कसरत



काठमाडौँ : संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण वार्ता टाेली गठन गरेकाे छ ।   संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरेको छ । 

 

राजधानीमा शनिबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको हो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच यसअघि पनि एकीकरणका लागि छलफल भएको हो । 

 

पार्टी एकीकरणका लागि वार्ता टोली गठन गर्ने भनि राजनीतिक समितिबाट केन्द्रीय समितिमा प्रस्ताव आएको हो । यद्यपी राजपा नेपालसँग मात्र होइन, मुद्दा र विचार मिल्ने अन्य दलहरुसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरेको पार्टीका केन्द्रीय सदस्य सन्तोष सिलवालले बताए । 

 

उनले भने, ‘मुद्दा र विचार मिल्ने जो कोहीसँग एकीकरण हुनसक्छ । त्यसैका लागि वार्ता समिति गठन गरेको हौँ ।’ 

प्रतिक्रिया दिनुहोस्