कांग्रसेमा पदाधिकारीका लागि उमेरहद ७० वर्ष राख्न सुझाव



काठमाडाैं : नेविसंघको महाधिवेशनबारे निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ ।

सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाव लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाव दिएका छन् ।

 

विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाब दिइएका छन् ।

 

‘पार्टीमा युवाहरूलाई आकर्षित गर्न कार्यकारी पदमा उम्मेदवारी दिन ७० वर्षसम्मको उमेरहद राख्नुपर्छ भन्ने सुझाब आएका छन्,’ ढुंगानाले भने, ‘७० वर्ष नाघेकाहरूले संरक्षक र सहयोगी बनेर अरूलाई अवसर दिनुपर्छ भन्ने मत आएका छन् ।’

 

कांग्रेसमा अहिलेसम्म महाविधेशन हुने वर्ष मात्र कमिटीहरूको निर्वाचन हुँदै आएको छ । तर, विधान संशोधन गरी गाउँ–नगरको अधिवेशन पहिलो दुई वर्ष र प्रदेशसम्मको तीनदेखि चार वर्षभित्र गरेपछि महाधिवेशन गरी पार्टीलाई पाँच वर्षसम्म सक्रिय बनाइराख्नुपर्ने सुुझाव पनि आएको नेताहरूले जानकारी दिए । खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्