राइड टु सिन्धुलीगढी भोलि जनकपुर पुग्ने  



जनकपुरधाम: समृद्ध सिन्धुली अभियानको आयोजनामा काठमाडौंवाट सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा आज सिन्धुलीगढी पुग्दैछ । साइकल यात्रीहरु आज सिन्धुलीगढी बास बस्नेछन् । उनिहरु भोलि दिउँसो ३ बजे जनकपुरधाम पुग्नेछन । 

 

जनकपुरधाममा साइकल यात्रीहरुलाई  स्वागत गर्ने कार्यक्रम छ भने बिवाह महोत्सवमा पनि सहभागि गराइनेछ । राइड टु सिन्धुलीगढी आइतबार पशुपतिनाथ मन्दिरबाट सुरु भएको थियो । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीसलाई पराजित गरेको सम्झनामा आयोजना गरिएको साइकल यात्राको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

 

यात्राका क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा कार्यक्रम हुनेछ । ‘साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक शहर जनकपुरधामसँग साक्षात्कार गरी विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, यात्रा संयोजक सौरभ ढकालले भने, ‘सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रा यसबर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन लागेका हौं' । समृद्ध सिन्धुली अभियानले दुई बर्षदेखि साइकलयात्रा गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्