स्वदेश फर्किन दुई दिन अघि किन बोलाए ओलीले गौतमलाई ?



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम सिंगापुर प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।

गत भदौ ५ गतेदेखि सिंगापुरको नेश्नल यूनिभर्सिटि अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम सिंगापुर गएका हुन् ।

स्रोतका अनुसार उनलाई प्रधानमन्त्री ओलीले नै सिंगापुर बोलाएको हुन् ।

यही २० गते (शुक्रबार) स्वदेश फर्किने तयारीमा रहेका प्रधानमन्त्री ओलीले किन एका–एक गौतमलाई सिंगापुर बेलाए चर्चाको विषय बनेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका महासचिव विष्णु पौडेल हिजै (मंगलबार) सिंगापुर पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्