प्रम विश्राम लिनुस् : गगन थापा



काठमाडौ : नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएकोप्रति चिन्ता ब्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।

हाल उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमा देश र जनताको सेवा गर्ने तिब्र इच्छाशक्ति भए पनि उक्त इच्छा शक्तिसंगै शारीरिक स्वथ्यता पनि आवश्यक हुनु पर्ने भनी थापाले बताए छन् । देशको कार्यकारी प्रमुख एकै पटक लामो समय देशबाहिर रहँदा सुरक्षा, कुटनीतिक मर्यादा आदिजस्ता कुरामा गम्भीर संकट आउने उनको भनाइ छ ।

सत्तारुढ नेकपामा प्रधानमन्त्री हुन योग्य र इच्छुक धेरै ब्यक्ति रहेको र प्रम ओलीले स्वास्थ्य लाभ लिइरहेकाले पनि उनलाई बोझ दिनु नहुने थापाको तर्क रहेको छ । साथै उनले प्रधानमन्त्रीको स्वाथ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनु पर्ने कुरामा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्