प्रदेश सरकारले बाड्यो एक सय ४२ थान साईकल



सिरहा : प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत आज (शुक्रबार) सिरहाको औरहिया गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ ।

श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहिमा आयोजित कार्यक्रममा प्रदेश २ का आर्थिक मामलामन्त्री विजयकुमार यादवको प्रमुख आतिथ्यमा साईकल वितरण कार्यक्रम गरिएको हो ।

सो विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई १ सय ४२ थान थान साईकल वितरण गरिएको हो ।

कार्यक्रममा समाजवादी पार्टी प्रदेश २ का कोषाध्यक्ष रेणु यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्