सरकारलाई कांग्रेस सांसदको चेतावनी–‘गौहत्या नरोकिए हिन्दू राष्ट्रका लागि आन्दोलन गर्छौ’



काठमाडौं : नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले हिन्दू राष्ट्रका बारेमा जनमत संग्रहका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै उनले गौहत्या नरोकिए आन्दोलनमा जान हिन्दुहरु बाध्य हुने बताए ।

गौहत्यामा सजाय कम रहेको भन्दै सांसद कँडेलले गैंडा, बाघ जस्ता जनावरको हत्या गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म सजाय तोकिएकोमा गौहत्यामा विभेद कायम रहेको बताए ।

सुर्खेतको गौहत्या प्रकरणको छानविनभइरहेका बेला नवलपरासीको बसेरी स्थित राजमार्गमा भदौ १९ गते ६ वटा गाई मारिएको बताए ।

उनले यस घटनामा संलग्नको खोजिगरि कारबाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्