जानकी मन्दिरमा पूजा सम्पन्न गरी योगी मधेस भवन प्रस्थान



जनकपुरधाम : विवाहपञ्चमी महोत्सवमा प्रमुख अतिथि भई सहभागी हुन आएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी जानकी मन्दिरमा विशेष पूजा सकेर मधेस भवन प्रस्थान गरेका छन् ।

मधेस भवनमा मुख्यमन्त्री लालबाबु राउतले योगीसहित भारतबाट आएका साधुसन्तका लागि विशेष भोजको आयोजना गरेका छन् । उक्त भोजमा भारतबाट आएका जन्तीहरुका लागि ३६ व्यंजन पस्किने तयारी छ ।

याेगी जानकी मन्दिरबाट जनक चोक, शिव चोक हुँदै भानु चोक, मिल्स एरिया र त्यसपछि मधेस भवन पुग्ने रुट तय गरिएकाे थियाे । मधेस भवनमा प्रदेश सरकारको कार्यक्रम सकेर योगी थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै रंगभूमि बाह्रबिघा मैदानमा हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी जनकपुर विमानस्थल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्