हिसिला यमी घाइते, बीएण्डबी अस्पतालमा उपचार हुँदै



काठमाडौं : समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा परेकी छिन् । दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।

ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएपछि हिसिला घाइते भएकी हुन् ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले उनको बीएण्डबी अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेको बताए ।

आइतबार दिउँसो पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

पूर्व प्रधानमन्त्री तथा हिसिलाका पति बाबुराम भट्टराईले श्रीमति यमीलाई समाजिक संजाल फेसबुक मार्फत नाच्दै गरेको तस्बीर राखेर चाँडै ठिक हुन कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्