बहुप्रतिक्षित नेपाल-भारत पेट्रोलियम पाइपलाइनको दुई देशका प्रधानमन्त्रीद्वारा उद्घाटन



काठमाडौं : बहुप्रतिक्षित नेपाल-भारत पेट्रोलियम पाइपलाइनको आज मंगलबार औपचारिक उद्घाटन भएको छ । पाइप लाइनको उदघाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार मध्यान्ह गरेका छन् । प्रधानमन्त्री केपी शमौ ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउस दिल्लीबाट एकैसाथ रिमोट थिचेर उद्घाटन गरे । यससँगै पाइपमार्फत नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ आउने भएको हो ।

यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने गरेको थियो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।

पेट्रोलियम पाइपलाइनको उद्घाटनका लागि भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अविजित चौधरीसहितको भारतीय टोली र नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसहितको नेपाली टोली अमलेखगञ्जमा पुगेका थिए । चार बर्ष अघि २०७२ सालमा नोपल भारतबीच भएको सम्झौताअनुसार भारतले झण्डै ७० किलोमिटर लामो पाइपलाइन बिच्छाएको हो ।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुलाई त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु भएको छ । सो पाइपको सफल परिक्षण यसअघि नै भइसकेको थियो ।

उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएको छ ।

गत साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको हुनाले मोतिहारीबाट छाड्ने बित्तिकै अमलेखगन्जमा तेल आइपुगेको हो । पाइपलाइनमार्फत प्रतिघन्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खस्न सुरु भएको छ ।

पेट्रोलियम पाइपलाइनलाई नेपाल-भारतको मित्रताको प्रतिक पनि मानिएको छ । यससँगै यस पाइपलाइनको सुरक्षाको जिम्मेवार नेपाली सेनालाई दिइएको छ ।

मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्