तालिबानसँग वार्ताको औचित्य छैन– ट्रम्प


एजेन्सी : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएका छन । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको तत्काल सम्भावना छैन भने । संयुक्तराज्य अमेरिका र तालिबानबीचको वार्ता सम्झौतानजिक पुगेका खबरहरु दुबैतर्फबाट सार्वजनिक भइरहेका थिए ।

तर गत साता काबुलमा अमेरिकी दूतावासनजिकै भएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि ट्रम्पले वार्ता रद्द गरेको गरेका थिए । राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित गरेका थिए । यस आक्रमणपछि ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गरेका थिए ।

तालिबानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउनु हुँदै यसको अमेरिकाले बदला लिने संकेत समेत उनले दिएका छन । वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको बताइएको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिबानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो । ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।

अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्धरुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेको बताइएको थियो । पछिल्लो समय तालिबान समूहले राजधानी काबुल सहित देशका प्रमुख शहरमा आक्रमणलाई तिब्र बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर

काठमाडौं : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने

कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको

जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि

परासी : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ

जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई

दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य