प्रदेश लोकसेवा आयोगको विधेयक पारित


प्रदेश नम्बर ३ को प्रदेशसभाको आज अपराह्न बसेको बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारको कार्यविधि र व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पारित गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव राखेका थिए ।

सो विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले प्रदेशको १३ जिल्लामा विकासको पूर्वाधार निर्माण र अर्धन्यायिक कार्यालयको भूमिकालाई सेवामुखी बनाउन निजामती कर्मचारीहरुको आवश्यक परेकोले कानूनी प्रक्रिया अवलम्बन गरी कर्मचारी नियुक्ति र दरबन्दीको पदस्थापन गर्न लोकसेवा आयोगको भूमिका प्रदेशमा आवश्यकता परेको बताए ।

मुख्यमन्त्री पौडेलले सरकारको नीति कार्यक्रमअनुसारको योजना बाँडफाँट र योजना कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमार्फत निर्माण कार्य भइरहेको र त्यसको तत्काल अनुगमन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको बताए । उनले बाढीपहिरोबाट पीडित भएका परिवारलाई सम्बन्धित निकायमार्फत तत्काल उद्धार र राहत वितरण कार्य हुनुको साथै मृतकको परिवारलाई जनही रु एक लाख अनुदान उपलब्ध गराइएको पनि स्पष्ट पारे ।

बैठकमा लोकसेवा आयोगको विधेयकमाथि सदस्यहरुले पर्याप्त समय लिई दफावार छलफलका लागि केही समय आवश्यक परेको माग गर्नुहुँदै लोकसेवा आयोगलाई राजनीतिक दलको हस्तक्षेपबाट मुक्त राखी निष्पक्ष रूपमा कर्मचारी नियुक्ति गर्नुपर्ने सुझाव राखेका थिए ।

प्रदेशसभा सदस्यहरु न्हुच्छेनारायण श्रेष्ठ, नरोत्तम वैद्य, केशवराज पाण्डे र दीपक निरौलाले छलफलमा भाग लिएका थिए । बैठकमा अर्थ तथा विकास समितिका सभापति रमा आले मगरले सार्वजनिक–निजी–सरकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार अपराह्न २ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज

काठमाडौं : काठमाडौंको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निमार्ण कार्य धमाधम भइरहेको छ

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रागिरि

पर्सा : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने

काठमाडौं : गत असोज ३० गते पक्राउ परी जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेत्रवित्रम

काठमाडौं : चारदिने नेपाल भ्रमण सकाएर बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज बंगलादेश फर्किदै छन्

काठमाडौं : दुग्ध विकास संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी १ सय २३ जना कर्मचारीको

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार