ब्रेक्जिटबारे देखिएको चुनौतिका कारण बेलायती अर्थतन्त्रमा समस्या


एजेन्सी : बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै निम्न अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रिया अनिश्चित बनेपछि बेलायती अर्थतन्त्र अझ गहिरो सङ्कटतर्फ घचेटिने अवस्था आएको तथ्याङ्कले देखाएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयूसँग नयाँ सम्झौता गरेर वा सम्झौताहीन अवस्थामा भएपनि अक्टोबर ३१ इयूबाट बेलायतको बहिर्गमन भएरैछाड्ने धारणापछि आएको आर्थिक अध्ययन प्रतिवेदनमा बेलायतको बेरोजगार दर सन् १९७४ पछिकै कमजोर अवस्थामा पुगेको बताइएको छ । बेलायतको बेरोजगार दर गत जुन महिनामा ३.९ रहेको मा जुलाईमा आइपुग्दा ३.८ भएको छ । बेलायतको बार्षिक ज्यालादर भने सन् २००८ पछि पहिलोपटक बढेर चार प्रतिशत पुगेको छ ।

सतहमा हेर्दा तथ्याङ्क सकारात्मक देखिन्छ तर बेलायतको निम्न वेरोजगार दरले यहाँको उत्पादकत्वलाई प्रोत्साहन गरेको पाइन्छ । धेरै कामदारहरू आंशिकरूपमा जागिर खान्छन अथवा अनिश्चित करारमा काम गर्ने हुँदा यसले कामका लागि तोकिएको निम्नतम समयको प्रत्याभूत गर्न नसक्ने विश्लेषकहरू बताउँछन् । “इयूबाट बाहिरिने भन्ने बेलायती राजनीतिक निर्णयका कारण रोजगारका अवसर प्रसंशनीयरूपमा बढेका देख्न सकिन्छ तर अर्थतन्त्रको वृद्धि भने निस्प्रभावी बनेको देख्न सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर

काठमाडौं : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने

कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको

जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि

परासी : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ

जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई

दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य