स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त



एजेन्सी : स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त हुनुभएको छ । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम थिए । अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री थिए ।

नवनियुक्त आन लिन्डले विदेशमन्त्रीको जिम्मेवारी पाएकामा खुशी व्यक्त गरे । गत शुक्रबार वाल्स्ट्रोमले आफूले पदबाट राजिनामा दिन चाहेको बताएका थिए । उनी पाँच वर्षसम्म स्वीडेनको विदेशमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्