जनकपुरकी उपमेयरमाथि अाफ्नै पार्टीका नेताले गरे महिला हिंसा



जनकपुरधाम । अरुलाई न्यायिक बाटाे पहिल्याउने न्यायिक समितिकी अध्यक्ष नै हिंसामा परेको सुन्दा आश्चर्य लाग्न सक्छ तर याे साँचाे हो । जनकपुरधाम उप-महानगरपलिकाकी उपमेयर समेत रहेकी रीता मिश्रले आफ्नै पार्टीको पुरुष नेताको कारण आफू हिंसामा परेकाे बताएकी छन् ।

 

अाइतबार जनकपुरमा आयोजित 'महिला हिंसा न्यूनिकरणमा सञ्चारकर्मीको भूमिका' विषयक अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएकी उपमेयर मिश्रले सम्बोधनका क्रममा आफ्नै पार्टीका नेताले अाफूमाथि हिंसा गरेकाे दाबी गरिन्। 

 

हिंसा गर्ने नेताकाे खोल्न नचाहेकी उपमेयर मिश्रले नाम खोले झन् हिंसाको डर हुन्छ हाँस्दै कुरालाई टारिन् । उपमेयर मिश्रले राम्रो लुगा लगाएकै कारण आफू महिला हिंसामा परेको बताएकी छिन्। ‘उप–मेयर भएपछि दलका नेता, कार्यालयका कर्मचारीबाटै हिंसा खेप्नु परेको छ,’ मिश्रले भनिन्, ‘आफूले लगाएको लुगामा टिप्पणी गर्नेको नियत र बोलीले म हिंसामा परेको महसुश भएको छ।’

 

जनप्रतिनिधिमा निर्वाचित भएपछि महिला भएकै कारण कर्मचारीले गर्ने व्यवहारले दिक्कदार भएको उनले आक्रोश पोखिन्। जितीया पर्वको अवसरमा आफैंले आयोजना गरेको कार्यक्रममा साडी लगाएर शनिबार सहभागी हुँदा वक्ताले उनको पहिरन बारे टिप्पणी गरेका थिए।

 

स्थानीय तहमा अहिले उपप्रमुख नै न्यायिक समितिका प्रमुख हुन्छन् । हिंसा र अन्यायमा परेका लागि न्याय दिने स्थानमा उपमेयर बस्छन् । तर, न्याय दिने कुर्सीमा बस्ने जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्र नै महिला हिंसा पीडित भएकी छिन् । 

 

राम्रो लुगा लगाएकै कारण आफू महिला हिंसामा परेको बताएकी छिन्। ‘उप–मेयर भएपछि दलका नेता, कार्यालयका कर्मचारीबाटै हिंसा खेप्नु परेको छ,’ मिश्रले भने, ‘आफूले लगाएको लुगामा टिप्पणी गर्नेको नियत र बोलीले म हिंसामा परेको महसुश भएको छ।’

 

जनप्रतिनिधिमा निर्वाचित भएपछि महिला भएकै कारण कर्मचारीले गर्ने व्यवहारले दिक्कदार भएको उनले आक्रोश पोखिन्। जितीया पर्वको अवसरमा आफैंले आयोजना गरेको कार्यक्रममा साडी लगाएर शनिबार सहभागी हुँदा वक्ताले उनको पहिरन बारे टिप्पणी गरेका थिए।

 

साडीमा नजर गाड्नेले अरु के–केमा ध्यान दिन्छन्?’ उनले भनिन्, ‘हिंसामा परेकाहरुलाई न्याय दिने उपमेयरमाथि हिंसा हुन्छ भने अन्य महिलाको अवस्था कस्तो होला?’

 

स्थानीय तहका उपमेयर, महिला वडा सदस्यहरु जनप्रतिनिधिबाटै हिंसामा परेको उपमेयर मिश्रले दाबी गरिन् । जनप्रतिनिधि विकास निर्माण र अनुगमनको क्रममा पुरुषहरुले महिला सदस्यलाई अपहेलना गरी निर्णय लादेर हस्ताक्षर मात्र गर्न लगाएर हिंसा गरेको मिश्रले आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्