वीरमा काण्डै काण्ड : सिंहदरबारदेखि अख्तियारसम्म उजुरीका चाङ



काठमाडौं : हजारौं बिरामीलाई उपचार गराउँदै आएको वीर अस्पताल अहिले आफैँ बिरामी परेको छ । अनियमितता र भ्रष्टाचार रुपि क्यान्सर रोगले थला परेको वीर अस्पतालको उपचार गर्ने अहिलेसम्म कोही देखा परेका छैनन् । ओली सरकारले सुशासनलाई प्रमुख प्राथमिकता दिएपनि सरकारको यो प्राथमिकतालाई अस्पतालको भ्रष्टहरुले चुनोती दिइरहेका छन् ।

कर्मचारी भ्रष्ट भयो भने संस्थालाई कसरी डुबाउछन् भन्ने कुरा जान्न धेरै टाढा जानुपर्दैन मात्र वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई हेरे पुग्छ । भ्रष्ट कर्मचारीहरुकै हालीमुहालीका कारण अहिले यी मुलुककै सबैभन्दा पुरानो स्वास्थ्य संस्था धरासयी बन्दै गएको छ ।

न्याम्स र वीरअस्पतालमा भइरहेका अनियमितता र भ्रष्टाचारका काण्डका विषयमा अनुसन्धान गरेर राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिससमेत गरेको छ । तर भ्रष्टचारीहरुउपर कारबाही भएको छैन ।

कमिसनकै कारणले अहिले पनि वीर अस्पतालमा खरिद गरिएका अर्बाैंको उपकरण (टोमोथेरापी, न्युरो सिटी) थन्क्याइएका छन् । ती खरिदलाई महालेखा, सार्वजनिक खरिद अनुगमनको प्रतिवेदनले समेत बेरुजु र अनियमितता औंल्याए पनि कारबाही हुन सकेको छैन ।

यता यहाँ भइरहेको अनियमितता र ज्यादतीको विषयमा अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा दर्जनौ उजुरी परे पनि कारबाही प्रकृया अगाडि नबढ्नुलाई अस्पतालमा आश्चर्यको विषयका रुपमा लिइएको छ । यस कुराले भ्रष्टाचारीहरुको प्रभाव र जालो कहाँसम्म फैलिएको छ भन्ने कुरा देखाएको छ ।

एकातिर स्वास्थ्य उपकरणदेखि अन्य सामान खरिदमा व्यापक भ्रष्टाचार भइरहेको समाचार छ भने अर्कातिर स्नातकोत्तर पढाई हुने चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर प्रवेश परीक्षा समेत हुन सकेको छैन ।

प्रतिष्ठानका डिन पीयुष दाहाल र रेक्टर डा. सुबोध अधिकारीको गैरजिम्मेवारीपनका कारण यो अवस्था आएको हो । विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शैक्षिक थलो अहिले डिन दाहाल,
रेक्टर डा.अधिकारीहरूको कारणले अन्यौलता सिर्जना भएको छ ।

वीर अस्पतालमा एक रुपैयाँमा अण्डा, चना, बिस्कुट, जिरा, धनिया, आटा खरिद हुने गरेको तथ्यसमेत सार्वजनिक भएको छ ।

दाहाल र अधिकारीहरुको भ्रष्ट गिरोहले न्याम्सका उपकुलपति डिएन शाह, रजिष्टार प्रमिला देवान र अस्पताल प्रशासक केदार प्रसाद सेन्चुरी समेत आफ्नो ग्रिपमा लिइसकेको बताइन्छ ।

दाहाल र अधिकारीको ज्यादती यति चुलिँदो छ कि सेवा आयोग नै खारेज गर्नतर्फ कम्मर कसेर लागिरहेको एक कर्मचारीले बताए । कर्मचारी संघका एक नेताका अनुसार यी दुई अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सुधारभन्दा पनि डुबाउनतिर उद्यत देखिन्छन् ।

दाहाल र अधिकारीले हालिमुहाली गर्न नसकेको न्याम्सको सेवा आयोग नै खारेज गरेर सबै अधिकार आफ्ना हातमा लिने षड्यन्त्र गरिरहेको बताइन्छ ।

न्याम्स अन्तर्गतको वीर अस्पतालमा पनि समस्या लफडै लफडा छन् । वीर अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा व्यापक घोटाला हुने गरेको छ । हस्पिटेक कम्पनीका सञ्चालक विशाल पण्डितले अस्पतालका पदाधिकारीहरुलाई मोटो कमिशन बुझाएर एकलौटी ढंगले उपकरण सप्लाई गर्ने गरेका छन् ।

उनीहरू आफैँ रहनेगरी पदपूर्ति समिति बनाएर नजराना उठाउँदै अस्थायी, करार नियुक्ति दिने धन्दा चलाउन अग्रसर छन् । यही कारण त्यहाँ कार्यरत ६ सय न्याम्सका कर्मचारी र सयांै रेजिडेन्ट डाक्टरको भविष्य समेत धरापमा परेको पीडितहरुको आरोप छ ।

बदनाम पात्रका रुपमा परिचित दाहाल र अधिकारीले आफूहरुले गरेको बदमासी र भ्रष्टाचार लुकाउन मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रभावमा पारेका छन् । डा. दाहाललाई प्लास्टिक सर्जरीका लागि वीर अस्पतालमा आउने बिरामीको उपचार त्यहाँबाट नगरी कीर्तिपुर अस्पताल पठाउने गरेको आरोप लाग्दै आएको छ ।

त्यस्तै तत्कालीन अख्यिार प्रमुख लोकमानसिंह कार्कीले काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गर्दा प्रवेश परीक्षाको प्रश्नपत्र नै बनाई कार्कीकहाँ पु¥याएर अनियमिततामा सघाएको आरोप पनि दाहाललाई लाग्दै आएको छ भने उनी मेडिकल काउन्सिलमा रहँदा विवादमा मुछिएका थिए ।

न्याम्स अन्तर्गतको वीर अस्पतालमा पनि समस्या लफडै लफडा छन् । वीर अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा व्यापक घोटाला हुने गरेको छ । हस्पिटेक कम्पनीका सञ्चालक विशाल पण्डितले अस्पतालका पदाधिकारीहरुलाई मोटो कमिशन बुझाएर एकलौटी ढंगले उपकरण सप्लाई गर्ने गरेका छन् ।

अस्पतालका टेण्डरहरूमा आफ्नो कम्पनीलाई मात्र मिल्नेगरी स्पेक बनाउन लगाएर माफियाका रूपमा परिचित पण्डितले धरैजसो काम हात पार्ने गरेका छन् ।

वीर अस्पतालमा एक रुपैयाँमा अण्डा, चना, बिस्कुट, जिरा, धनिया, आटा खरिद हुने गरेको तथ्यसमेत सार्वजनिक भएको छ ।

कमिसनकै कारणले अहिले पनि वीर अस्पतालमा खरिद गरिएका अर्बाैंको उपकरण (टोमोथेरापी, न्युरो सिटी) थन्क्याइएका छन् । ती खरिदलाई महालेखा, सार्वजनिक खरिद अनुगमनको प्रतिवेदनले समेत बेरुजु र अनियमितता औंल्याए पनि कारबाही हुन सकेको छैन ।

त्यसो त कमिसनको भागबन्डा नमिल्दा विदेशी नियोग जाइकाले बनाइदिएको सुविधासम्पन्न भवन समेत सञ्चालनमा आउन सकेको छैन भने कमिसनकै चक्करमा केही समयपछि भत्काउने तयारी भइरहेको भवनमा लिफ्ट जडान गरिँदै छ ।

डीन दाहाल र रेक्टर अधिकारीसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन भने रजिष्टार देवानसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्