कसले हान्यो गाउँपालिका प्रमुख साउदलाई गोली ?



काठमाडौं : अछामको रामरोशन गाउँपालिकाका प्रमुख झंकरबहादुर साउदलाई गोली हान्नेको अझै पहिचान हुन सकेको छैन । उनलाई हिजो (आईतबार) साझ घरमै बसिरहेको बेला गोली हानिएको थियो । आइतबार साँझ घरमै बसेको बेला अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए।

डिएसपी शाहीका अनुसार कुनै मानविय क्षति भने भएको छैन। उहाँ(गाउँपालिका प्रमुख)सुरक्षित हुनुहुन्छ। प्रमुखलाई लक्षित गरी गोली प्रहार भएको हो। उनले भने, तर कसैलाई पनि गोली लागेको छैन। हामी घटनास्थलमै छौं।

घटनास्थलबाट चाइनिज गोलीको खोका बरामद गरिएको उनले बताए। गोली कसले किन चलायो भन्नेबारे केही नखुलेको उनको भनाइ छ। यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्