आजको मौसम : काठमाडौंमा झरी मुलुकभर चट्टयांङसहित वर्षा, यातायात अवरोध हुन सक्ने



काठमाडौं‍ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण आज काठमाडौं उपत्यकामा बिहानैदेखि झरी परेको छ भने मुलुकभर मध्यम वर्षा सहित चट्याङ पर्ने संभावना रहेको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा हुँदा र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ हुनुका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित भएकाले देशभर सामान्य बर्षा हुने महाशाखाले जनाएको हो ।

महाशाखाले सतर्कता अपनाउन अनुरोध गर्दै देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने बताएको छ ।

महाशाखाका अनुसार आजको मौसम

दिउँसोः

देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः

देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्