विप्लवका पर्वत इन्चार्ज अल्बर्ट नेकपामा प्रबेश



काठमाडौं : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रबेश कार्यक्रममा विप्लव नेतृत्वका पर्वत जिल्ला इन्चार्ज तथा सेक्रेटरी भिमबहादुर हमाल (अल्बर्ट) र जलजला गाउँपालिकाका इन्चार्ज धनन्जय मल्लले पार्टी प्रबेश गरेका हुन् ।

नेकपा महासचिव बिष्णु पौडेलले हमाल र मल्ललाई पार्टीमा प्रबेश गराउँदै स्वागत गरेका छन् । महासचिव पौडेलले पार्टी प्रबेश गर्नेलाई उचित जिम्मेवारी दिईने बताएका छन् ।

नेकपा नेता पदम गिरीका अनुसार अहिले बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गर्ने क्रम बढेको छ । पछिल्लो समय विप्लव नेतृत्वको पार्टीसंगै अन्य पार्टी परित्याग गरी नेकपामा नेताहरु प्रबेश गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्