सीमावर्ती इलाकामा गाईगोरु ओसार्न प्रतिबन्ध


झापा : झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान झापाको प्रहरीले बन्देज लगाएको छ ।

सीमाका बजारमा बिक्री गर्ने बहानामा खुला सीमाको फाइदा उठाउँदै गाईगोरु सिधैँ भारत पु-याउने पहिल्यैदेखि चलेको तस्करी गतिविधि रोक्न त्यस्तो बन्देज लगाउनुपरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ठूला गाडीमा ल्याइएका गाईगोरुलाई दमक पशुहाटमा उतारेर साना गाडीमार्फत मात्र झापाका अरु बजारमा लैजान दिने व्यवस्था गरिएको बताउनुभयो । गाईगोरु बोक्ने साना गाडीसमेत डाली खुला भएको हुनुपर्ने नियम लगाइएको छ ।

दमकलाई झापाको सबैभन्दा ठूलो पशुबजार मानिन्छ । त्यहाँबाट त्रिपालले डाली छोपिएका ठूला ट्रकमा गाईगोरु लोड गरेर खुला सिमाना कटाउँदै भारत तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ ।

तस्करीमा संलग्न व्यक्तिहरुले झापाको ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट गाईगोरु भारतको नक्सलबाडी, खोरीबारी, गलगलिया, कादोगाउँ र डिगल बैंक पु¥याउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार २०७६ वैशाखदेखि भदौसम्मको पाँच महीना अवधिमा प्रहरीले १४८ गाईगोरु भारत तस्करी हुनलागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । नियन्त्रणमा लिइएकामध्ये २९ गाईलाई भद्रपुर गौशालामा संरक्षणका लागि बुझाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ