यी हुन् राष्ट्रपति भण्डारीबाट बिभुषित हुने पत्रकारहरु



काठमडौ : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्याएका कर्मठ नेपालीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

आज संविधान दिवस । यसै सन्दर्भमा नेपाली पत्रकारिता क्षेत्रमा विगत लामो समयदेखि योगदान पुर्याउने पत्रकारहरु पनि सम्मानित हुँदै छन् ।

राष्ट्रपति भण्डारीबाट बिभिन्न मानपदवी, अलंकार र पदकद्वारा बिभुषित हुने पत्रकारहरुमा सुर्य थापा,राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत,बलराम थापा, गंगा बराल, माधव नेपाल, , गणेशमान गुरुङ, दुर्गाप्रसाद शर्मा,गोपाल खनाल, देवराम यादव, गोपाल गुरागाई, गोबिन्द प्रसाद चौलागाई, फुलमान बल, लक्ष्मी पुन, मोहन चापागाई, सुभाष खतिवडा, बिदुर गिरी,छेटु शर्पा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्