निर्वाचन अधिकृतद्वारा जग्गा अर्कैको नाममा दर्ता गर्न दवाव



जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद र पहुँचको आडमा आफ्नो भाईको नाममा दर्ता गर्न दबाव दिएको तथ्या उद्घाटित भएको छ ।

धनुष नगराइन नगरपालिका ७ देवडिहा गाउँब्लकको देवचन्द्र झाले पुस्तौँ देखि बसोबास गर्दै आएको ४ धुर २ कन्मा जग्गा धनुषा जिल्ला निर्वाचन कार्यालयकी अधिकृत पुष्पा झाले आफ्नो भाई सन्तोष झाको नाममा पास गर्न शक्तिकेन्द्र प्रयोग गरेको पिडितहरुले दाबि गरेका छन् ।

पिडित देवचन्द्र झाका अनुसार ३ महिना अगाडी नापी कार्यालयले नगरपालिकाको जग्गा नापी गर्न जाँदा उक्त जग्गा सन्तोष झाले आफ्नो भएको दाबि गर्दै बिवाद गरेका थिए । विवाद पछि उक्त जग्गाको केस जिल्ला नापी कार्यालय धनुषामा पुगेको छ ।

नापी कार्यालयका प्रमुख शत्रुधन प्रसाद यादवले विभिन्न शक्ति केन्द्रबाट फोन गर्न लगाई उक्त जगा आफ्नो भाई सन्तोषको दर्ता गर्न दवाव दिईरहेको बताए । प्रमुख यादवले भने , निर्वाचन आयोगकी अधिकृत पुष्पा झाले सिडियो देखि भुमिसुधार मन्त्रालयबाट समेत फोन गराएर सो जग्गा भाई सन्तोषको नाममा दर्ता गर्न दबाव दिईरहेकी छन् ।

यत धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले उक्त जग्गाको विवादबारे आफूलाई केहि पनि जानकारी नभएको र आफूले कसैलाई पनि फोन गरेर जग्गा दर्ताको बिषयमा कसैलाई पनि दबाव नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्