अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको मृत्यु



अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।

राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते भएको जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि घटनास्थल नजिकै रहेको अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्