चट्याङ लागेर पर्सामा दुईको मृत्यु



वीरगञ्ज : चट्याङ्ग र करेन्ट लागेर पर्सामा दुई जनाको मृत्यु भएको छ । चट्याङ्ग लगेर पर्सा बहुदरमाइ नगरपालिका २ बैरिया विर्ताका ३५ वर्षीय माधव रामको आइतबार बिहान ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

खेतमा काम गर्न पुगेका राममाथी बिहान ६ः३० बजे एक्कासि चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागि गम्भिर घाइते भएका रामलाई उपचारको वीरगञ्ज हेल्थ केयर अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिह राठौरले बताए ।

मृतक रामको शव अहिले पोष्टमार्टम गर्नको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यसैगरि करेन्ट लागेर वीरगञ्ज महानगरपालिकामा एक महिलाको ज्यान गएको छ ।

पर्सा जिल्लाकै छिपहरमाइ गाउपालिकामा गाउपालिका २ घर भइ हाल वीरगञ्ज १२ मुर्लीमा डेरा गरि बसेकी २४ वर्षीया अनिता देवीको करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएकी उनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा शनिबार राति निधन भएको प्रहरीले जनाएको छ ।

मृतको शव अस्पतालमा पोस्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्