भाइरल ज्वरोका बिरामी थपिँदै


डोटी : जिल्लामा पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ थपिँदै छ । यहाँको जिल्ला अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

पहिले १०० जनासम्म बिरामी आउने गरेका भए पनि अहिले ३०० सम्म पुग्न थालेको जनाइएको छ । जिल्ला अस्पताल डोटीमा उपचारका लागि पुग्नेमध्ये अधिकांश स्थानीयवासीमा भाइरल ज्वरो र निमोनियाको संक्रमण देखापरेको जिल्ला अस्पतालका डा गिरीश अवस्थीले बताए ।

उनले भने, “अस्पतालमा भाइरल व्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ ।” फोहर तथा दूषित पानीको प्रयोग गरेका कारण यहाँका बासिन्दामा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको उनको भनाइ छ ।

हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताए ।

भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले स्वस्थ्य व्यक्तिले भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामीबाट टाढै बस्नुपर्ने यहाँका चिकित्सकले सुझाब दिएका छन् । व्यक्तिगत सरसफाइ र खानपान तथा पानी उमालेर खानमा ध्यान दिन जिल्ला अस्पताल डोटीका डा अवस्थीको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई