आजको राशिफल : असोज ८ गते, बुधबार



आज – ०८ आश्विन २०७६ बुधबार को राशिफल । एकादशी , इन्दिरा एकादशी व्रत

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । पढाइमा बाधा आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पूजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्