युरोपियन च्याम्पियन्स लिगको नक आउट फेब्रुअरी दोस्रो साता सुरु हुने



काठमाडौं: युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ । प्रि–क्वाटरफाइनल अर्थात् अन्तिम १६ चरणमा तीन वटा इङ्लिस क्ललबे तीन जर्मन क्लबसँग प्रतिस्पर्धा गर्ने छन् ।

 

इङ्लिश क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्दा म्यान्चेस्टर सिटीले शाल्कासँग तथा टोटनह्याम हट्सपरले बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ । अर्को इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले भने फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रतिद्वन्द्वी पाएको छ ।

 

यसैगरी, स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सको लियोसँग भिडन्त पक्का गर्दा साबिक विजेता रियल मड्रिडको भेट नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग हुनेछ । यसैगरी इटालिको युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्दा अर्को ईटालीयन क्लब ए.एस रोमाले पोर्चगलको एफसी पोर्टोसँग प्रतिस्पर्धा गर्नेछ ।

 

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेल यही फेब्रुअरी १२,  १३, १९ र २० तारिखमा हुनेछ । यस्तै दोस्रो लेगको खेल मार्च ५, ६, १२ र १३ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्