चिनियाँ राष्ट्रपतिलाई नेपालमा ‘जेड प्लस’



काठमाडौ : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण अवधि नजिकिँदै गदा नेपाल र चीनका सुरक्षाकर्मीहरुको आवतजावत बाक्लिएको छ । सीको नेपाल भ्रमणमा विशेष सुरक्षा व्यवस्थाको तयारी गरिरहेको नेपालले सीको दाया चिनियाँ सेना र बाँया नेपाली सेना खटाउनेगरी गृहकार्य भईरहेको छ ।

सशस्त्र प्रहरीले भिभिआईपीको भ्रमणको आवतजावतको निगरानी राख्नेछ भने नेपाल प्रहरीले चिनियाँ जनसेना र नेपाली सेनापछि सुरक्षा पहरा दिने गरी व्यवस्था मिलाईएको छ । सीको भ्रमणका बेला सुरक्षाको कमाण्ड नेपाली सेनाले गर्नेगरी सेनाका बलाधिकृत रथी शरद गिरीले जिम्मा पाएका छन् ।

चिनियाँ राष्ट्रपति सीलाई ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने गरी चिनियाँ सेना र नेपाली सुरक्षाकर्मीबीच गृहकार्य भएको छ ।

सीको भ्रमणमा सुरक्षा तयारी यसरी भईरहँदा नेपाली सुरक्षा संयन्त्र र चिनियाँ दूतावासले गरेको सुरक्षा विश्लेषणमा ‘फ्री तिब्बत अभियान’मा संलग्न व्यक्ति र तिब्बती शरणार्थीले राष्ट्रपतिलाई कालो झण्डा देखाउन सक्ने आँकलन भएपछि फ्री तिव्वत अभियानसँग निकट रहेका व्यक्ति र संस्थामाथि निगरानी बढाईएको छ ।

सी नेपाल आउदा तीनवटा जहाज लिएर आउने तयारी भईरहँदा हिजो बुधबार मात्रै चिनियाँ अधिकारीले विमान लिएर निरिक्षण र परिक्षण गरेर फर्किएका छन् । चिनियाँ अधिकारीका अनुसार सुरक्षा व्यवस्थालाइृ सुक्ष्म अध्ययन गर्दै सी चढ्ने गाडी पनि जहाजमार्फत नेपाल ल्याउने तयारी गरिएको छ । सीको सुरक्षार्थ चिनियाँ जनसेनाका विशेष कमाण्डो र नेपालबाट पनि विशेष तालिमप्राप्त कमाण्डो टोली खटिनेछ ।

यता राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको सूचना सार्वजनिक हुनु पहिल्यैदेखि बालुवाटारस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ थालिसकेको थियो । दूतावासमा रहेको ‘क्लोज प्रोटेक्सन युनिट’ र चिनियाँ विदेश मन्त्रालयसँग समन्वय गरेर सुरक्षा तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्