दशैंमा रेडक्रुको आपतकालिन कार्यक्रम रिन्तर हुने



काठमाडौ : नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको आपत्कालीन सेवा, निशुल्क हटलाईन र रेडियो कार्यक्रम निरन्तर रहने रेडक्रसले जनाएको छ ।
यस बीचमा कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीय स्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहने जनाएको हो । सो स्ट्यान्डबाई टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं रहनेछन् ।

यसैगरी केन्द्रीय कार्यालयमा अवस्थित रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ र दैनिक ६ जनाले ड्यूटी गर्ने व्यवस्था मिलाइएको र एक हजार २ सय यूनिट रगत स्टकमा राखिएको रेडक्रसले जनाएको छ ।

शनिबारबाहेक हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निशुल्क हटलाइन सेवा ११३० विजया दशमीका महाअष्टमी देखि एकादशी (असोज १९ गते देखि २२ गते सम्म ) नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहने रहेपनि एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा विदाका ती दिनहरुमा पनि नियमित रहने व्यवस्था रेडक्रसले जनाएको हो ।

दशैँको लामो छुट्टीमा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै हरेक शनिवार विहान ८ बजे प्रसारण हुने मानवताको लागि हातेमालो कार्यक्रम तथा हरेक मंगलबार बेलुकी ७ः१५ बजे प्रशारण हुने रेडियो कार्यक्रम रेडक्रस पनि विभिन्न एफएमबाट नियमित प्रसारण हुने नेपाल रेडक्रस सोसाईटी सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्