महराले गरे यस्तो खुलासा



काठमाडौ : भिभिआईपी यौनकाण्डमा मुछिएका तत्कालिन सभामुख कृष्णबहादुर महराको दशैं यसपटक प्रहरी हिरासतमा बितेको छ । उनी हिरासतमा पुगेसँगै सभामुखको सरकारी निवास बालुवाटार सुनसान मात्र होईन मुर्दाशान्ति जस्तै देखिन्छ । सदाका दशैमा चहलपहल हुने सभामुख निवास अहिले यो बाटो हिड्ने मानिसहरुका लागि गिज्याउने स्थानका रुपमा चिनिन थालेको छ ।

संसद् सचिवालयकै रोशनी शाहीमाथि यौन दूराचारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिएर बसेका बेला गत १९ गते आईतबार साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तीन दिनदेखि पुर्वसभामुख महरा त्यहीँको थुनुवा कक्षमा छन् । अदालतमा दशैं बिदा भएकाले पुर्वसभामुख महरालाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ । दशैंको दोस्रो दिनमा पक्राउ परेका पुर्वसभामुखको पूरै दशैं हिरासतमै बित्नेछ ।

पुर्वसभामुखलाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । भिआईपीहरुलाई पक्राउ पर्दा त्यहीँ राखिँदै आएको छ । प्रहरीका अनुसार महरा उच्च रक्तचापका बिरामी भएकाले कोठामै अक्सिजन राखिएको छ ।

महरा उपचारका लागि अस्पताल जान नमानेपछि चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्दै आएको छ । चेकजाँचका क्रममा उनलाई उच्च रक्तचाप र स्वासप्रस्वाँसमा समस्या देखिएको बुझिएको छ ।

त्यसो त एकान्तमा बस्न रुचाउने महराले धेरै भेटघाट गर्न नचाहेको प्रहरीश्रोतले बताएको छ । उनलाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही गएका छैनन् । महरा स्वयम्ले परिवारका सदस्य बाहेक अरुसँग अहिले भेट गर्न अनिच्छा प्रकट गरेको बताईन्छ । उनलाई उपलब्ध गराइएको कोठामा सीसीटीभी निगरानी रहेको छ । उनी प्रायः पल्टिएर बसेको बुझिएको छ ।

निकै चिन्तित देखिएका उनले अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै एकान्त चाहेको सुनाएका थिए । हिरासतमा उनलाई भेट्न आउनेमध्ये परिवारका सदस्य र अति निकटस्थलाई मात्र अनुमति दिइएको छ ।

आफ्ना बयानहरु फेर्दै कहिले यौन दुव्र्यवहार भयो भन्ने त कहिले त्यस्तो होईन बा समान व्यक्तिलाई लान्छना लगाईयो भन्दै आएकी शाहीले प्रहरी समक्ष लिखित उजुरी दिएपछि महरालाई प्रहरीले पक्राउ गर्न पुगेको थियो । महरा प्रकरणसँगै अनेक आशंका र टिप्पणीहरु भईरहेका छन् । महराको परिवार र केही निकतस्थ नेताहरुले महरामाथि गंभीर षड्यन्त्र भएको बताउछन् । महरा निकट एक नेताले द नेपाल टपसँग कुरा गर्दै महरामाथि राष्ट्रिय र अन्तराष्ट्रिय षड्यन्त्र भएको बताए । ती नेताका अनुसार हिरासत जानुअघि महराले आफूमाथि गंभीर षड्यन्त्र भएको खुलासा गरेका थिए । जसअनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफूमाथि बदला लिएको महराले बताएका थिए ।

केही आफ्नै पार्टीका समकालिन नेताहरु समेत आफूलाई पटक–पटक फँसाउने षड्यन्त्र गरिरहेको बताउदै यो प्रकरणमा पनि ती नेताहरु, गृहमन्त्री बादल र उर्जामन्त्री वर्षमान पुन लगायतले आफूमाथि प्रहार गरेको महराको गुनासो थियो । शाहीले उजुरी नदिदै प्रहरीले अनुसन्धान गरिरहेको प्रचार गर्ने, मिल्न लागेको केस उल्ट्याईनु, शाहीलाई विभिन्न प्रलोभन देखाएर दबाबमा उजुरी दिन लगाउनु, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नेताहरुले दबाब दिनु र विदेशीहरुको चलखेल हुनुले आफूमाथि गंभीर षड्यन्त्र भएको महराले बताएको ती नेताको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई

महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट