मेक्सिको सीमामा दश लाख आप्रवासी पक्राउ



एजेन्सी : सन् २०१९ को पहिलो नौ महिनामा मेक्सिको सीमामा करिव दशलाख पक्राउ परेको ट्रम्प प्रशासनले मंगलबार जनाएको छ । सेप्टेम्बर ३० सम्म सीमा अधिकारीहरुले नौलाख ७५ हजार आप्रवासी पक्राउ गरेका छन्, कस्टम एण्ड बोर्डर प्रोटेक्सनका कार्यवाहक कमिस्नर मार्क मोर्गनले भने । यो संख्या सन् २००७ पछिकै सबेभन्दा धेरै हो ।

दक्षिणी अमेरिकी आप्रवासी अमेरिका प्रवेस गर्ने क्रम निकै बढेको मोर्गनले बताए । गत वर्षको तुलनामा पक्राउ पर्ने आप्रवासीको संख्या ८८ प्रतिसतले बढेको छ, उनले भने, सीमा सुरक्षा अधिकारीहरुले पहिले जस्तो पक्राउ गर्ने छोडने काम बन्द गर्ने बताएका छन् । कैयन व्यक्ति देश निकालापछि फेरी प्रवेश गरेका हुन ।

गत मेमा दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेको संख्या एकलाख ४४ हजार पुगेको थियो । उक्त संख्या एक महिनामा गैरकानुनीरुपमा अमेरिका प्रवेश गर्नेमा सबैभन्दा बढी हो । दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेको संख्या अगस्ट र सेप्टेम्बरमा १८ प्रतिसतले घटेको छ । मार्च, अप्रिल र मेमा अवैध सीमापार गर्ने बढेको थियो ।

कस्टम एण्ड बोर्डर प्रोटेक्सनले अपराधिक पृष्ठभुमी भएका र पुनः अमेरिका प्रवेश गरेका समेत गरी ५२ हजारलाई जेलमा राखेको मोर्गनले बताए ।

प्रतिक्रिया दिनुहोस्