यस्तो छ, रुसका राष्ट्रपतिलाई पनि बोलाउने सरकारको तयारी



काठमाडौ : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तय हुँदानहुँदै नेपाल सरकार रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमणका लागि ल्याउन लागि परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वर्तमान सरकारले विश्वमञ्चमा आफ्नो उपस्थिितिलाई बलियो बनाउदै लैजाने शिलशीलामा रुसका राष्ट्रपति पुटिनलाई नेपाल ल्याउने कसरतमा जुटेको हो ।
चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि भारतीय राष्ट्रपतिलाई पनि नेपाल भ्रमण गराउने गृहकार्य शुरु भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई नेपाल भ्रमणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक निमन्त्रणा गरिसकेको छ । राष्ट्रपति भण्डारीका तर्फबाट रुसी राष्ट्रपति पुटिनलाई मस्कोस्थित नेपाली राजदुतावासका राजदूत मार्फत औपचारिक निमन्त्रणा दिईसकिएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक भ्रमणका लागि निमन्त्रणा गरिसकेका छन् । भारतबाट उच्च स्तरको भ्रमणका लागि नेपालले गरेको आग्रहलाई भारतले स्वीकार गरेको छ । तर राष्ट्रपति कोविन्दलाई पहिले पठाउने कि प्रधानमन्त्री मोदी पहिला जाने भनेर भारतले अझै टुङ्गो भने लगाएको छैन ।
त्यसो त केही दिनपछि हुने राष्ट्रपति भण्डारीको जापान भ्रमणका क्रममा त्यहाँका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई पनि नेपाल भ्रमणको निम्तो दिने तयारी परराष्ट्र मन्त्रालयले गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्