एनआरएन विश्व सम्मेलन काठमाडौंमा सुरु



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विकास र समृद्धिमा एनआरएनएले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै आफ्नै जन्मभूमिमा लगानी गर्न आह्वान गरेकी छन् । होटल हायतमा मंगलबार बिहानदेखि सुरु भएको गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि भण्डारीले उक्त आह्वान गरेकी हुन् ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय गैर आवासीय नेपाली प्रतिनिधिहरुको सहभागिता रहेको छ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने उक्त विश्व सम्मेलनबाट संगठन विधानमा व्यवस्था भए बमोजिम १४ पदका लागि ४२ जनाको नयाँ नेतृत्व टिम चयन गर्ने छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार नयाँ नेतृत्व चयनका लागि बुधबारका मतदान हुने छ ।

उद्घाटन कार्यक्रमलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले तथा अध्यक्ष भवन भट्टले सम्बोधन गरेका छन् ।

नयाँ नेतृत्वको अध्यक्षका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् । सम्मेलनको आयोजकमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्