किन रुष्ट भए प्रधानमन्त्री ओली, नेता र मन्त्रीहरुसँग ?



काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणबाट औधी उत्साहित र दंग परेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेता र आफ्नै मन्त्रीपरिषदका केही मन्त्रीहरुको शैलीका कारण रुष्ट हुन पुगेका छन् ।

राष्ट्रपति सीको भ्रमणको बेला स्वागतदेखि विदाईसम्म उपस्थित हुँदा र सीसँगै कार्यक्रममा सहभागी हुँदा सबै नेता र मन्त्रीहरुको ड्रेसकोड राष्ट्रियता झल्किने गरी राष्ट्रिय पोसाक दौरा सुरुवाल,टोपी र कालो जुत्ता लगाउन प्रधानमन्त्री ओलीले निर्देशन गरेका थिए ।

तर न त त्यसअनुसार सीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका कतिपय मन्त्रीहरुले आफ्नो निर्देशन पालना गरेको देखे न त राष्ट्रपति सीसँगको वैठकमा सहभागी पार्टी नेताहरुले नै पालना गरेको भेटे । यसबाट भित्रभित्रै प्रधानमन्त्री ओली रुष्ट बनेको बताईन्छ ।
मन्त्रीपरिषद पुर्नगठनको सोच बनाएका प्रधानमन्त्री ओलीलाई यो प्रकरण पनि थप मदतको विषय बनेको छ ।

पार्टी एउटै भए पनि कुनै नेताले दौरासुरुवाल टोपी लगाउनु र कतिपयले टाई सुटमा ठाँटिदा कतिपयको बुझाईमा अझै पार्टीमा एकरुपता र एकता भईनसकेको टिप्पणी पनि गरेका छन् । तिनीहरुले व्याँङग्यात्मक शैलीमा चीनको नीति जस्तै – ‘एक नीति दुई शासन जस्तो’ भनेर नेकपालाई पार्टी एक नीति दुई भन्दै टिपणी पनि गरेको पाईन्छ ।


राष्ट्रपति सीको स्वागत, भेटघाट र विदाइका बेला आफ्ना मन्त्री र पार्टी नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दौरासुरुवालको पोसाकमा उपस्थित हुन आग्रह गरेपनि केही प्रमुख मन्त्री र नेताहरुले त्यसको अवज्ञा गरेका कारण प्रधानमन्त्री ओली रुष्ट बनेको हुन ।

दुई दिने राजकीय भ्रमणमा शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुँदा र अन्य सबै कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री ओलीले सबैलाई दौरासुरुवालमा ठाँटिन आग्रह गरेका थिए ।

तर राष्ट्रपति सीलाई विमानस्थलमा स्वागतका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पर्यटनमन्त्री योगेश भट्टराईले मात्र दौरासुरुवाल लगाए पनि अधिकांश मन्त्रीहरु रामबहादुर थापा बादल, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत ‘सुट’मा ठाँटिएका थिए ।

सहभागीहरुमा अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव र यातायातमन्त्री रघुवीर महासेठ पनि ‘सुट’ मै सजिएका थिए । सत्तारुढ नेकपाका एक अध्यक्ष ओली बाहेक केन्द्रीय सचिवालयका सात सदस्यको नेतृत्व गर्दै सीसँग भेट गर्न पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र रामबहादुर थापा बादल पनि ‘सुट’ मै थिए ।

अपवाद स्वरुप प्रधानमन्त्री ओलीको आग्रहलाई आदर गर्दै दौरासुरुवालको पोशाकमा उपस्थित हुनेमा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए ।

प्रतिक्रिया दिनुहोस्