फाल्कन्स् क्रिकेट टोलीको मुख्य प्रायोजकमा एस टि सि स्पोर्टस



ललितपुर : ललितपुर फाल्कन्स् क्रिकेट टोलीलाई वुमन च्याम्पियन लिग २०१९ मा सहभागीता जनाउनका लागि ललितपुर फाल्कन्स् एस टि सि स्पोर्टसले मुख्य प्रायोजकका रुपमा सघाउने भएको छ ।

फाल्कनलाई सहयोगको घोषणाका साथै खेलाडी जर्सीको पहिलो पटक सार्वजनिक गर्न हिजो सोमबार पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रम मार्फत खेलाडी जर्सीको बनावट र रंगको साथसाथै फाल्कनसँग सम्बन्धित पार्टनरहरुको लोगो अंकित जर्सी समेत सार्वजनिक गरिएको छ ।

ललितपुर फाल्कन्सको सह प्रायोजकमा कृषि बिकास बैंक लिमिटेड, एसोशियट पार्टनरमा एडुकेशन पार्क र भियानेट, मेडिकल पार्टनरमा स्टार हस्पिटल–सानेपा, स्ट्राटेजी पार्टनरमा आइडिया शप प्रालि र सहयोगीमा जिजि माछान, ज्यापु समाज यल, ललितपुर चेम्बर अफ कमर्श र ललितपुर महानगरपालिका लगायत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्