राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्