‘देश डुब्न लाग्याे भन्दै विदेश सयर गर्दै’



काठमाडाैं : सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्।

संसदमा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैंचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके।

 

नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ। नेकपाका एक नेताले भने, ‘संकटको घडीमा विदेश किन जाने ? महिनामा कति दिन विदेश बस्ने ?

भ्रमणका उपलब्धि के हुने ? त्यसबाट मुलुक र पार्टीले के कति इज्जत-प्रतिष्ठा कमायो ? यसबारेमा अब उहाँ (नेपाल)ले सोच्नुपर्छ।’

 

नेपालले पार्टीभित्र प्रश्न मात्रै उठाएको भन्दै उनले भने, ‘पार्टीमा बहस उठाउने मात्रै होइन, समाधानको खोजीमा पनि उहाँ (नेपाल) गम्भीर भएर लाग्नुपर्छ।’ नेपाल आइतबार मात्रै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका छन्।

जेठ ३ मा पार्टी एकता घोषणा भएयता उनको यो छैटौं विदेश भ्रमण हो। तीन महिनाको बीचमै चीन भ्रमण दोस्रोपटक हो। नेपालले चीनबाहेक चारमहिनामा अमेरिका, ब्राजिल, घाना र कम्बोडियाको भ्रमण गरिसकेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट्मा छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड