प्रधानमन्त्री र उपसभामुखबीच के कुरा भयो ?



काठमाडौं : कार्यबाहक सभामुखको रुपमा रहेकी उपसभामुख  शिवमाया तुम्वाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओलीलाइृ भेट्दै आफ्नो विषयमा प्रष्ट धारणा मागेकी छन् । गत शुक्रबार व्यवस्थापिका संसद प्रतिनिधिसभाका प्रमुखका हैसियतले कार्यपालिका प्रमुख प्रधानमन्त्री ओलीललाई भेट गर्दै उपसभामुख तुम्वाहाम्फेले पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेकी थिईन । उनले प्रधानमन्त्री ओलीसमक्ष आफ्नो पोजिसनको विषयमा पनि जिज्ञासा राखेको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको प्रमुख पदमा फेरी एकपटक महिलालाई ल्याउनेगरी तुम्वाहाम्फेलाई अगाडी सारेको समाचार आईरहँदा तुम्वाहाम्फेले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन । रिक्त भामुख पदमा आफ्नो पनि दाबी रहेको बताउदै यस विषयमा पार्टी र सरकारको धारणा बुझ्ने प्रयास पनि गरेकी हुन । आफूलाई सभामुख पद दिएमा अनुभवलाई समेत उपयोग गरेर सहज र निर्विवाद ढंगले व्यवस्थापिका संसद, प्रतिनिधिसभा चलाउने दाबी उनले गरेकी छन् ।

 प्रधानमन्त्रीसँगको भेटमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू सभामुख पदका लागि योग्य भएको दाबी प्रस्तुत गरेकी छिन् । उनलाई उपसभामुख पदबाट राजीनामा गराउने र सिर्जित संवैधानिक संकट टार्ने बारेमा पार्टीका अध्यक्ष द्वयबीच सहमती भई सो सहमती कार्यान्वयन गराउन छलफल चलिरहेका बेला अघिल्लो आइतवार उपसभामुखले उक्त दाबी प्रस्तुत गरेकी हुन् । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका सामु उपसभामुखले भनिन्– ‘उपसभामुखका लागि मलाई पार्टीले नै जिम्मेवारी दिएर पठाएको हो, निर्णय मान्छु, तर कृष्णबहादुर महराले गरेको गल्तीको सजायको भागिदार मलाई बनाउने गरी राजीनामा दिन लगाई जिम्मेवारीविहीन नबनाउन र व्यवस्थापनको नाममा पद साटासाट नगराउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँछु,।’

तुम्बाहाङ्फेको यो गम्भीर भनाइपछि प्रधानमन्त्रीले सकभर उनको विकल्प नसोचिने गरी वातावरण बनाउनतिर लाग्न उनलाई सुझाएका छन् । त्यो भनेको उपसभामुखबाट राजीनामा दिएर पुनः सभामुखमा उम्मेदवारी दिनका लागि उपयुक्त वातावरण निर्माण गर्न लागि पर्नु हो । पूर्व माओवादीले यदि अडान छाडेन भने सोका लागि अर्का अध्यक्ष प्रचण्डलाई भेटेर उपयुक्त वातावरण बनाउन पहल गर्न पनि उनले सुझाए ।

यौन दुव्र्यवहारको आरोपमा तात्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि रिक्त रहेको स्थानमा सभामुख निर्वाचित गर्न संसद्को नियमित हिउँदे अधिवेशन निर्धाति समयभन्दा एक महिना पहिले नै बोलाउने गृहकार्य सुरु भएको बताइएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी ओलीलाई अघिल्लो आइतबार भेटेर निर्वाचन प्रक्रियाबारे छलफल गरेलगत्तै हिउँदे अधिवेशन छिटो बोलाउने तयारी थालिएको हो ।

हाल संसदका लागि या त नियमित हिउँदे अधिवेशन पर्खने या त सो समय अगावै विशेष अधिवेशन आह्वान गरेर सभामुखको निर्वाचन गर्ने दुईवटा विकल्प खुल्ला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्