प्रदेश २ मा लोकसेवा आयोग सदस्यद्वयको सपथ



जनकपुरधाम : प्रदेश २ सरकारद्वारा नियुक्त प्रदेश लोकसेवा आयोगको सदस्यद्वय डा. सुजाता देव र महारुद्र झाको सपथ सम्पन्न भएको छ ।

नवनियुक्त दुवै सदस्यलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सोमबार शपथ ग्रहण गराएका हुन् । लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको सपथग्रहण यसअघि नै भइसकेको छ ।

सपथ ग्रहण कार्याक्रममा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव, आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव, सामाजिक विकासमन्त्री नबल किशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री राम नरेश राय, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादव, नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा लगायतको उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्