प्रदेश २ मा नक्कली खुकुरी र शिखर चुरोटको बिगबिगी


जनकपुरधाम : सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ।

नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ। तस्करले खुला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकिया (अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री गरिरहेका छन्।

नेपाली बजारलाई लक्ष्य गरी निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्रान्डको झै देखिए पनि यसमा कम्पनीको स्टिकर भने हुँदैन। तर, चुरोट खाएपछि यसको गुणस्तर सजिलै फेला पार्न सकिने सूर्य नेपाल कम्पनी प्राइभेट लिमिटेडका बजार प्रवक्ता प्रकाश भण्डारीले बताए। ‘६ महिनादेखि नक्कली चुरोटको तस्करी भइरहेको छ’, भण्डारीले भने, ‘दुई तीन महिनाको अवधिमा मात्रै पाँच करोडभन्दा बढीको नक्कली चुरोट धनुषालगायत छिमेकी जिल्लामा बिक्री भएको छ।’

धनुषामा सबैभन्दा बढी नक्कली चुरोट भित्रिएको र दुई महिनाभित्र करिब डेढ करोडको कारोबार भएको भण्डारीले जानकारी गराए। ‘व्यापारीलाई सस्तो पर्ने तर, खुकुरी र शिखरकै मूल्यमा सर्वसाधारणलाई बेच्ने काम भइरहेको छ’, भण्डारीले भने, ‘सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि बलेकियालाई कार्बाही गरिएन भने हाम्रो व्यवसाय नै धराशयी हुन्छ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा मनिका झाले लेखेकि छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका