तिहारै आलो लौ झिलिमिली ( फोटो फिचर)



काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएसंगै बजारमा सामान किन्नेहरुको चहलपहल बढेको छ।

विशेषगरी काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरु असन, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, भोटाहिटी, बसपार्क, लगनखेल, चावहिल, कोटेश्वर, बानेश्वर लगायतका बजारमा ग्राहकको भीड लाग्ने गर्छ।

विशेष गरेर तिहारमा भाइमसलाका सामान, दियो, । कपडा , ओखर, टोपी, फूलका माला तथा थरिथरीका रंगको व्यापार बढेको छ ।

तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भिडले हिँडिसक्नु छैन । सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ ।

प्रतिक्रिया दिनुहोस्