नामको साइडलाइनमा सार्कको चिन्ता



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को अवरुद्ध प्रक्रिया अघि बढाउन संयुक्त पहल गर्ने बताएका छन्।

सार्क अध्यक्षसमेत रहेका ओलीले हसिनासँग अवरुद्ध सार्कलाई क्रियाशील बनाउन नेपाल र बंगलादेश सक्रिय हुनुपर्नेमा जोड दिएका थिए। सार्क स्थापनामा नेपाल र बंगलादेशको विशेष भूमिका छ।

अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका क्रममा भएको साइडलाइन भेटवार्तामा प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानका नेताहरूसँग सार्कलाई गतिशील बनाउने विषयमा छलफल गरेका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कलाई अघि बढाउन सहकार्य र परामर्श गर्दै जाने विषयमा छलफल भएको बताए। सार्क शिखर सम्मेलन विगत चार वर्षदेखि अवरुद्ध छ।

बंगलादेशका प्रधानमन्त्री हसिनासँग ऊर्जा, पारवहनलगायत सम्पर्क सञ्जाल विस्तार र व्यापारिक सहकार्यमा छलफल भएको जानकारी ज्ञवालीले दिए। उनले भने, ‘सहकार्यका लागि छलफल निकै उपयोगी र फलदायी भयो।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्