श्री ३ महाराजको जुवा खेलेको ऋण भैंसी व्यापारीले तिरेपछि



काठमाडौं : दशैं तिहारमा नेपालीहरुले कौडा खेल्ने, तास खेल्ने, लंगुरबुर्जा जस्ता खेलहरु परिवार, साथीभाइ, इष्टमित्रहरुबीच बसेर खेल्ने परम्परा, वा भनौ चलन छ । श्री ३ महाराजहरुको शासनकालमका पनि यस्ता राष्ट्रिय चाडपर्वमा जुवा खेल फुकाउने, खाल बसाउने चलन थियो भनिन्छ । काठमाडौंको चारखाल अड्डा जुवाकै चारखाल बस्ने भएकाले ‘चारखाल’ भन्ने नाम रहेको भन्ने पनि सुनिन्छ ।

नेपालीहरुको महान चाड विजया दशमी र तिहारको छेकोमा नेपाल प्रहरी बढी मात्रमा जुवा तास खेल्नेहरुलाई पक्राउ गरेका समाचारहरु अलि बढी नै आउने गरेका छन् ।

२०७६ कात्तिक ९ गते त काठमाडौं महानगरपालिका वडा नं। ३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेल्ने २५ जना ‘ठूला–ठालू’हरु समेत २ करो ६७ लाख रकमसहित पक्राउ परे ।

जुवाकै बारेमा यहा“ वीरनरसिंह कुँवर अर्थात् जंगबहादुरको जीवनमा घटेको दुःखद घटना प्रस्तुत गरिएको छ ।

वि।सं। १८९४ तदनुसार सन् १८३७ मा तत्कालीन प्रधानमन्त्री जनरल भीमसेन थापाको पतन भएको हुँदा थापाहरुको सर्वस्वहरण भयो । काजी बालनरसिंह९कुँवर०का परिवार पनि थापाहरु सम्बन्धी भएबाट थााप गुटको आरोप लागी काजी बालनरसिंहको समेत सर्वस्वहरण हुनुका साथै जागिरबाट समेत बर्खास्त गरियो ।

आफ्ना बाजे रणबवहादुर शाहलाई छप्काउने शेरबवहादुर शाहलाई तत्कालै हत्या गरी पुरस्कृतसमेत भएको गुन भनुँ वा वफादारीलाई समेत राजा राजेन्द्रले बिर्सिए । जंगबहादुरलाई पनि रिसल्लाको सेकेण्ड लेफ्टिनेन्टको पदबाट बर्खास्त गरियो । जवानीको उमेरमा जागिरबाट वञ्चित भएकोमा जंगलाई दुःख लाग्नु स्वाभाविकै थियो ।

धन, जन, बल, मान प्रतिष्ठासमेतबाट वञ्चित भएका जंगका बाबुछोराहरु जुम्लाबाट काठमाडौं फर्की आए । दुवैले जागिर थमाउन अनेक प्रयास गरे तर लाञ्छाना मात्र पाए । यसै अवसरमा बालनरसिंहले भाइ वीरभद्र कुँवरसँग रु. १५ सय ऋण मागे । जवाफमा ‘‘खाली ८ भाइ छोराहरु मात्र भएको अरु केही नभएको कंगाल व्यक्तिले रु. १५ सय ऋण कसरी फिर्ता गर्न सक्दछ’’ भनी कोरा जवाफ दिएको हुँदा बालनरसिंहले पनि ‘‘एक दिन यिनै मेरा ८ जवान छोराहरुले तिम्रा छोराहरुमा राज गर्नेछन् ।’’ भनी फर्किनु परेको थियो । त्यसैकारण जंगले पछि काका वीरभद्र कुँवरका छोराहरु याने चचेरा भाइहरु कसैलाई पनि कर्णेलको भन्दा माथिको पद दिएनन्, जबकि अरु चचेरा भाइहरु कसैलाई मेजर जनरल त कसैलाई पूरा जनरलको पदसमेत दिएका थिए ।

आखिर केही नलाग्दा जंग जुवा खेलेर धन आर्जन गर्ने विचार गरी जुवाको शरणमा गए । जुवाले कसलाईभलो गरेको छ र जंगलाई गरोस् । आखिर जंगले जुवा हारी ११ सय रुपियाँ ऋण लाग्यो । जंगलाई विपत्मा आपत् आइप¥यो । जुवा जित्नेहरुले धर–पकड गरी, बाटोघाटो कुरी ऋण नतिरेमा टाउको नालमा गाडिदिने धम्कीसमेत दिएको हुँदा जंगले काठमाडौं छोडी भाग्ने अठोेटसमेत गरे । उनले राम्रो चिनजान भैरहेको ललितपुर निवासी राँगो–भैंसी बेच–बिखन गर्ने साहू धनसुन्दर साल्मीसंग केही पैसा सापट माग्ने विचार गरे ।

धनसुन्दर साल्मी त्यस्तो ठूलो साहू नभएको हु“दा जंगलाई ११ सय रुपिया“ सापट देला भन्ने कत्ति पनि विश्वास थिएन तापनि एक पटक मागिहालुँ भनी सापट मागे । धनसुन्दरले जंगको पहिलेको अवस्था र त्यस समयको अवस्थाको विचार ग¥यो साथै जंगको दयनीय अवस्था देखी उसको मन पग्लियो । जंगलाई एघार सय रुपियाँ सापट दिने अठोट गरी सापट दिंदा पैसा नपुगी खुद्रै खुद्रा९रेच्की नै रेच्की० गरी जम्मा ११ सय रुपिया“ पु¥याइदिए ।

जंगवहादुरले सो रुपियाँको पोको हातमा लिई धनसुन्दरको मुख टुलुटुलु हेरी आँखाभरी आँसु लिएर त्यहाँबाट फर्की ऋण तुरुन्त तिरे साथै काठमाडौंमै बस्ने अठोटसमेत गरे । तर जंगको अवस्था झन्–झन् बिग्र“दै गयो । साहू धनसुन्दरको ऋण तिर्न त परै जाओस् विहान बेलुका हातमुख जोड्नसमेत मुस्किल परी आकुल–व्याकुल भए ।

आखिर जंग काठमाडौं छोडी तराई चितवनमा पुगे । त्यहाँ जंगली हात्ती पक्री ऋण तिर्ने र धन आर्जन गर्ने विचार गरे तर जंगको यो विचार सपनाझैं मात्र भयो । जंग अरु विरत्तिए र पुनः भाग्यको खोजीमा भारतको वाराणसीतर्फ लागे । भारतको वाराणसीको रामघाटमा उनी बसोबास गर्न थाले । यसै अवसरमा पण्डित अम्बरराज पाण्डेसंग केही दिन जंगवहादुरको संगत भयो ।

पण्डित अम्बरराजकै भान्सामा जंगले खानपिनसमेत गर्ने गरे । काजी औ बडाहाकिम जस्ताका छोरा, आफैं पनि लेफ्टिनेन्टसम्मको पद पाइसकेका व्यक्ति कति दिन पण्डितजीको आश्रममा बस्न सक्थे र । जंगले जागिर खाने विचार गरे, काम खोजे तर विदेशमा जंगलाई कसले पुछोस् ? उनी न त राम्रो लेखपढ गर्न सक्थे, न बोलचाल नै गर्न सक्थे ।

अंग्रेजी त के हिन्दी भाषसमेत ठ्याम्मै थियो, अर्थात् जंगवहादुर औंठाछाप थिए । काम खोज्दै हिंड्दा जंगले काशीमा खानसम्मको गोता खाए । त्यस अवसरमा जंगको उमेर जम्मा २२ वर्षको थियो । जवानी उमेर, बलियो, हट्टकट्टा भएकोले मात्र उनलाई त्यति समस्या परेन । खानपिनको समस्या टार्दै ज्यानको रक्षा गरी आखिर केही नलाग्दा वि.सं. १८९६ पुस–माघ तदनुसार सन् १८३७ जनवरीमा जंगवहादुर भारतको काशीबाट काठमाडौं फर्किए ।

काठमाडौं आइपुग्नासाथ जंगलाई पुनः बज्रपात प-यो । उनकी मुख्यानी अर्थात् श्रीमती प्रसाद लक्ष्मीले छोरा भीमजंग कुँवरलाई जन्म दिई सुत्केरी अवस्थामै जंगवहादुर काठमाडौं आइ पुग्नुभन्दा एक महिना अगावै याने वि।सं। १८९६ मंसीर–पुस, तदनुसार १८३६ डिसेम्बरमै मृत्यू भइसकेको समाचार सुन्नु प-यो । प्रेम बुढाथोकी (श्री ३ हरुको तथ्य वृत्तान्तबाट)

प्रतिक्रिया दिनुहोस्